चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ ।

0

साउन ४ सुर्खेत,

चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ ।

दलहरुबिच सहमति नभएपछि सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताकालागि पछि सारिएको हो ।

सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसदमा प्रस्तुत् भएको दाबी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावना अनुरुप नभएको भन्दै संसदमा पेस गर्न समेत दिएको छैन ।

शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता नहुने तर सहमतिकालागि प्रयास जारी रहने बताउनु भएको छ ।

संसदको अर्को बैठक यही साउन ११ गते दिनको १ बजे बोलार्इएको छ ।

Share.

About Author

Leave A Reply