चिङगाडका ११६ र भेरीगंगाका ४५ घर सरसफार्इ उन्मुख

0

सुर्खेत, पुस १६ –सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंम्बर ४ मा रहेको शक्तिमान टोललाइ एक कार्यक्रममा विच पूर्णसरसफाइ उन्मुख घोषणा गरिएको छ ।वडा कार्यालयको आयोजना तथा भेरीगंगा नगरपालिका र सुन्दर नेपाल संस्थाको सहयोगमा उक्त गाउँका ४५ घरधुरीलाइ घोषणा गरिएको हो । पूर्ण सरसफाइका विभिन्न आधारभुत सुचकहरु पुरा गरी उक्त टोल घोषणा गरिएको हो।यसैविच चिङ्गाड गाउँपालिका वडा नं ३ अवलघुवानीका १ सय १६ घरधुरीलाइ समेत पूर्णसरसफाइ उन्मुख गाउँको रुपमा घोषणा गरिएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले सरसफाइ मानव जिबनको अत्यावश्यक पक्ष भएकोले यसलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।भेरीगंगामा आयोजित कार्यक्रममा सुन्दर नेपाल संस्थाका कार्यक्रम संयोजक गणेश वलीले विगतमा भन्दा सरसफाइको अवस्थामा निकै सुधार आएको र आनिबानीसंग जोडिएको सरसफाइलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो।कार्यक्रममा नगरपालिकाका प्रमुख भुपेन्द्रबहादुर चन्दले नगरपालिकाको प्रमुख प्राथमिकता सरसफाइ र स्वच्छता समेत रहेकाले सवै नगरबासीले यसमा चनाखो हुनुपर्नेमा जोड दिनुभयो।
यस्तै उपप्रमुख रेणु आचार्यले अवस्थ घर र बानीव्यवहारले प्रत्यक्ष रुपमा महिला र बालवालीकालाइ असर गर्ने भन्दै यसमा महिला झनै चनाखो हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रम चिङगाड गाउँपालिकाका वडा ३ का अध्यक्ष रेशम जिसी र भेरीगंगा नगरपालिका वडा नंम्बर ४ का वडा अध्यक्ष महाविर खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।

Share.

About Author

Leave A Reply