चिनसँगको सिमानाका खोल्न पहल भर्इरहेको कर्णाली प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाकाे भनाइ

0

चैत–२३सुर्खेत।कर्णाली प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चिनसँगको सिमानाका खोल्न पहल भर्इरहेको बताउनु भएको छ।कर्णाली रारा पर्यटन वर्ष २०७५ को तयारी बारे जानकारी दिन मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले सुर्खेतदेखि हिल्सा सडक विस्तारका मन्त्रीपरिषद बैठकले निर्णय गर्ने बताउनु भयो ।प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा रारामा बस्ने कर्णाली प्रदेश मन्त्री परिषद्को बैठकले चिनसँगको सिमानाका खोल्नकालागि पहल गर्ने उहाँको भनार्इ छ।बैठकबाट सुर्खेत हिल्सा प्रधानमन्त्री पर्यटन लोकमार्गका रुपमा हिल्सा देखि प्रदेश राजधानी सुर्खेत सम्म सडक विस्तारका निर्णय गर्ने तयारी गरिएको बताउनु भयो।मन्त्री ज्वालाले पर्यटन वर्षको प्रचारप्रसार, उद्धघाटन समयमा उपस्थित हुने अतिथिहरुको व्यवस्थापन, लगायतका विषयमा अहिले तयारी गरिरहेको बताउनु भयो।महोत्सवको आउँदो बैशाख एक गते प्रधानमन्त्री ओलीले उदघाटन गर्ने कार्यक्रम छ ।५ लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य सहित कर्णाली प्रदेस सरकारले २०७५ साललार्इ पर्यटक वर्षका रुपमा मनाउने निर्णय गरेको छ ।

Share.

About Author

Leave A Reply