चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल अाउदै।

0

असाेज २५ -सु्र्खेत।चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुर्इ दिन भ्रमणकालागि आज  दिउँसो साढे ४ बजे काठमाडौं आउँदै हुनुहुन्छ ।

उहाँलार्इ अन्तरतष्ट्रिय बिमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नुहुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य मन्त्रीहरु भने केही वरै रहने छन् ।

२३ वर्ष पछि हुन लागेको उच्चस्तरीय भ्रमणलाई ऐतिहासिक बनाउन सरकारले तयारी तिब्र पारेको छ ।

चिनीयाँ राष्ट्रपतिले नेपाली समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुने छ ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षर हुने कार्यतालिका छ ।

Share.

About Author

Leave A Reply