चुनाबको प्रचार प्रसार गर्दा संमयता अपनाउन दल र उम्मेदवारलार्इ निर्वाचन आयोगको आग्रह।

0

असार ६ – निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ ।आयोगले विज्ञप्ति निकालेर प्रचार प्रसारका क्रममा शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदातालाई अपील गरेको छ ।आयोगले उम्मेदवारी दर्ताका क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुदाँ एक जनाको ज्यान गएको भन्दै दुःख व्यक्त गरेको छ ।यस्तै आयोगले कपिलवस्तुको बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएको प्रतिपनि दुःख व्यक्त गर्दै यसकार्य रोक्न अपिल गरेको छ । बिज्ञप्तिमा असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरिएको छ।

Share.

About Author

Leave A Reply