चुनावका लागी दलहरुद्वारा आन्तरिक रणनीति बनाउन सुरु।

0

असोज–१६ ।प्रदेश र प्रतिनीधि सभाको चुनावका लागी दलहरुले आन्तरिक रणनीति बनाउन सुरु गरेका छन्।स्थानीयतहको निर्वाचन सकिएसँगै दलहरु अब मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेन थालेका छन्।प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि असोज अन्तिम सातादलहरुले उम्मेद्वारको नामावली निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ।नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले सम्भावित उम्मेद्वारको नामावली केन्द्रमा पठाउन स्थानीय तहका मातहतका कमिटीलाई समयसिमा नै तोकेका छन्।दललका स्थानीय कमिटीले पनि सके सहमतिमा नभए आकांक्षीहरुको सुची केन्द्रमा पठाईरहेका छन्।दलहरुले अबको केहीदिनमै स्थानीय कमिटीबाट आएका उम्मेद्वारको नाम केन्द्रबाट टुंगो लगाउने तयारी गरेका छन्।नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले २२ गते सम्म उम्मेदवार छनौट सक्ने बताउनु भयो।एमालेले यसअघि नै तय गरेको मापदण्ड अनुसार उम्मेदवार छनौट गरिरहेको प्रवक्ता यागेश भट्टराइले बताउनु भयो।माओवादी केन्द्रले भने सुर्खेत सहित केही ठाउँमा उम्मेद्वार छनोट गरि सकेको छ भन्ने केही ठाँउमा अन्तिम चरणमा पुगेको जनाएको छ।राजपा लगायतका मधेस केन्द्रितदलले भने छलफल सुरु गरेका छैनन।निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउन असोज २९ गतेसम्मको समय दिएको छ।

Share.

About Author

Leave A Reply