चेतनाको स्तर िवकास नहुदा हिंसा सहनु परेको महिलाको भनाइ ।

0

फागुन–२३सुर्खेत।स्थानीय र प्रदेश सरकारले महिलाहरुको जिवनस्तर सुधारका लागि विभिन्न स्वरोजगार मुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने माग गरेका छन् । सरोकारवालाले महिलाहरु आत्मनिर्भर नहुदा घर परविार तथा समाजमा हिंसा भईरहेको भन्दै रोजगारी सिर्जना हुनुपर्नेमा जोड दिएका हुन् ।१०९ औ अन्तराष्ट्रिय श्रमीक महिला दिवसका अवसरमा संचालीत सेवा प्रदायक र हिंसा प्रभावित महिलाहरु बिचको अन्तरक्रियाका सहभागीले चेतनाको स्तर कम हुँदा अझै पनि महिलाहरुले हिंसा सहनु परेको बताएका हुन् ।यस्तै सामाजिक विकास मन्त्रालयका अधिकृत अनिता ज्ञवालीले हिंसामा परेका महिलाका लागी कर्णाली प्रदेश सामाजिक मन्त्रालयले निरन्तर सचेतनामुलक कार्यक्रम संचालन गरेको बताउनु भयो ।वीरेन्द्रनगर नगरपालीकाका सामाजिक विकास समितिका संयोजक यमुना नेपालीले महिलाहरुलाइ स्वरोजगार बनाउनका लागी १ करोड रकम विनियोजन गरिएको भन्दै आवश्यकता पहिचान गरेर सिपमुलक तालीमहरु संचालन गरीएको बतानउनुभयो ।उहाँले विभिन्न बहुउदेश्यीय ग्राम स्थापनाका लागी प्रकृया अघि बढीसकेको भन्दै महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई ग्राम स्थापना गरीने बताउनुभयो ।प्रदेश अस्पताल सुर्खेतका नर्सीङ अधिकृत दिपा भट्राइले १ वर्षको अवधिमा १८० जना हिंसा प्रभावित महिला तथा बालबालीकालाई अस्पतालले संचालन गरेको एक द्वार प्रणालीबाट सेवा दिएको जानकारी दिनुभयो ।जिल्ला अदालत सुखैतका वैतनी वकील गिता कोइरालाले बाल बिवाह, बहुविवाह, घरेलु हिंसा, गाली वेइज्जती, छुवाछुत लगाएतका मुद्धा धेरै आउने गरेको भन्दै न्यायका सहयोग गरिरहेको बताउनुभयो ।आवास संस्थाका निर्देशक पवित्रा शाहीले स्थानीय स्तरमा महिला तथा बालकालीकाका समस्या समाधानका लागी सरोकारवाला सँग सहकार्य गदै आएको बताउनु भयो ।यस्तै गरी महिला तथा बालबालीका बालीका सेवा केन्द्रका बालीका शाहीले घरेलु हिंसाका समस्याहरु धेरै आउने गरेको भन्दै समाधानका सहकार्यका लागी सहजीकरण गरेको बताउनु भयो ।कार्यक्रममा कर्णाली प्रदेशका सरोकारवाला निकाय तथा हिंसापिडित महिलाहरुको सहभागीता रहेको थियो।सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले आयोजना गरेको मन्त्रालयका सचिव डाक्रट मानबहादुर विकको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

About Author

Leave A Reply