चोरीको आरोपमा प्रकाउ परेका गफार, रहिम, र साबीर मिया पाँच हजार धरौटीमा रिहा।

0

मंसीर १४ सुर्खेत।चोरीको आरोपमा प्रकाउ परेका गफार मिया, रहिम मिया, र साबीर मियाको पाँच हजार धरौटीमा रिहा भएका छन।गत कार्तिक २० पक्राउ परेका उनिहरुलार्इ जिल्ला अदालत सुर्खेतका न्याधिस धुर्वकुमार शाहको एकल र्इजलासले रिहाँ गरेको हो।उनिहरु प्रकाउ परेको समाचार केही दिन अगाडी सामाजिक संञ्जाल लगायत मिडियामा निकै चर्चा पाएपछी प्रहरीलार्इ समेत दबाब बढेको थियो।अमर दिप अटो मोबार्इल्स ग्यारेजका संचालक भिमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुदा दर्ता गराउनु भएको थियो।हराएका भनिएका यी समान साबीर मियाको पसलमा फेला परेपछि प्रहरीले उनिहरुलार्इ प्रकाउ गरेको हो। उनिहरुले भने कवाड समान अन्य व्यक्तीबाट खरिद गरेको दावी गर्दै आएका छन।त्यसपछी प्रहरीले सुर्खेत उधोग बाणिज्य संघलार्इ हराएको समानको एकिन मुल्य खुलार्इ दिन आग्रह गरेको थियो।उधोग बाणिज्य संघले स्थलगत निरिक्षण गरि ९९ दशमलब ८ केजी कवाड समानको मुल्य १ हजार ९ सय ९६ रुपैया रहेको १४४ नम्बर चलानी भएको मार्फत प्रहरीलार्इ जानकारी गराएको थियो।तर प्रहरीले त्यो पत्र आफु अनुकुल नभएको भन्दै मुद्घा मेशिलमा नराखि पुनःसुर्खेत उधोग बाणिज्य संघलार्इ मंसिर ६ गते २३८४ नम्बरको चलानीपत्र सहित एकिन मुल्य खुलार्इ दिन अर्को पत्र काटेको हो। प्रहरीले यस अघि काटेको पत्रमा पुरानको ट्याक्टरको र्इन्जिन भनिएको थियो भने त्यस पछीको अर्को पत्रमा ट्याक्टरको र्इन्जिन,ब्लक तथा त्यसमा लाग्ने पाटपुर्जा भनिएको थियो। प्रहरीले अमर दिप अटो मोबार्इल्सका संञ्चालक संग समुन्यन गरि उधोग बाणिज्य संघलार्इ अर्को पत्रमा विगो सहित पहिलेको मुल्य परिवर्तन गरी १ लाख २२ हजार ८ सय ५१ तोक्न आग्रह गरेको हो। जिल्ला प्रहरी कार्यलय सुर्खेतले यस अघि उधोग बाणिज्य संघले काटेको पत्र मुद्दा मेशिलबाट हटाएर आफ्नो पत्र मात्र सरकारी वकिलको कार्यलयमा पेश गरेको थियो।

Share.

About Author

Leave A Reply