च्याम्पियनसिप फुटबलको छनोट खेल्ने नेपालको सम्भावना सकियो।

0

असोज ६ ।थाइल्याण्डमा हुने एएफसी यू १६ महिला च्याम्पियनसिपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ।पहिलो खेलमा फिलिपिन्सँग ४–० ले पराजित भएको नेपाल म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएपछि छनोटको सम्भावना सकिएको हो।हलचोक मैदानमा भएको खेलमा म्यानमारले पहिलो हाफको सुरुदेखि नै गोलको वर्षा गरेको थियो। पहिलो हाफको चौथो मिनेटबाट गोल खान शुरु गरेको नेपालले ६३औं मिनेटसम्म खेल पुग्दा नेपालले ११ गोल खाएको थियो । नेपालले ७४औं मिनेटमा सान्त्वना गोल फर्काएका हो।नेपालका लागि एक मात्र गोल सावित्री ठोकरले गरेकी हुन् । पहिलो खेलमा नेपाललाई पराजित गरेको फिलिपिन्स लगातार दोस्रो जितसँगै लिग तालिकाको शीर्ष स्थानमा छ ।

Share.

About Author

Leave A Reply