छठको मुख्यदिन आज अस्ताउँदो सूर्यलाइ अर्घ दिएर मनाइदै ।

0

मंसिर ५,  प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो ।

छठको मुख्य दिन अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ भने भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो।

छठ पर्वमा बाँसको ढक्की, नांगलो माटोको कोसिया कुरबार, हात्तीलगायतको सामग्रीहरू चढाइन्छ।

त्यस्तै, प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ।

अर्घ दिने बर्तालु ४८ घन्टासम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन्।

यसै गरी कोरोना सङ्क्रमणको सतर्कताका कारण यस पटक अघिल्ला वर्षहरूको जस्तो भव्य सजावट नगरे पनि व्रतालुको सहजताका साथ पर्व मनाउदै छन।

सरकारले धेरै भिड्भाड नगर्न भनेकै कारण यसबर्ष धेरै जसोले घरघरमै छठपर्ब मनाएका छन।

तरार्इका जिल्लामा बिषेश रुपमा मनाउने छठ पर्व यसबर्ष कोरोना भार्इरसको माहामारीका कारण रौनक देखिएको छैन ।

Share.

About Author

Leave A Reply