छानबिन गर्न उपसमितिले प्रतिवेदन बुझायाे।

0

वैशाख-२६सुर्खेत।नेपाल वायु सेवा निगमको चर्चित वाइड बडी जहाज खरिद गर्दा भएको भनिएको  अनियमिताको छानबिन गर्न संसदको अन्तर्राट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएको छ ।सांसद् दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमा गठित उपसमितिले आज  बसेको समितिको बैठकमा सभापति पवित्र निरौला खरेललाई प्रतिवेदन बुझाएको हो।संयोजक भट्टले पाँच महिनामा आफूहरुले निगमका दुई वाइडबडी खरिद प्रकरण, चिनियाँ जहाज खरिद र तिनको अवस्था तथा न्यारो बडी खरिदबारे पनि छानबिन गरेको बताउनु भयो। उपसमितिले प्रतिवेदन बुझाएपनि यसको निचोडबारे पत्रकारलाई जानकारी गराइएको छैन ।निकै चर्चित बनेको निगमका वाइडबडी खरिदबारे यसअघि संसद्कै सार्वजनिक लेखा समितिले पनि छानबिन गरेको थियो ।कांग्रेस सांसद राजेन्द्र केसी संयोजक रहेको उपसमितिले दुई वाइड बडी खरिदमा ४ अर्ब भन्दा धेरै भ्रष्टाचार भएको निचोड निकालेको छ ।

Share.

About Author

Leave A Reply