छानबिन गर्न समिति गठन ।

0

असोज ७-सुर्खेत।कर्णाली प्रदेस सरकारले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमतिता भएको गुनासो बारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रदेश सभामा सत्तापक्ष र प्रतिविपक्ष दलका सांसदले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमितता भएको भन्दै छानबिन समित गठन गर्न माग गरेका थिए।

सरकारका प्रवक्ता एवं भुमि व्यवश्था तथा कृषि सहकारी मन्त्री विमला केसीले मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिँदै डा.भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बताउनु भयो।

आर्थिक वर्ष २०७५/७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनमा अनियमितता भएको गुनासो आएको भन्दैं उहाँले यसबारे छानविन गर्न समिति समिति गठन गरेको बताउनु भयो।

समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको भन्दै उहाँले प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्ने बिश्वास सरकारले लिएको उल्लेख गर्नुभयो।

बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजताकालागि आदेश जारी गर्ने निर्णय गरेको उहाँको भनार्इ छ।

यसैबिच कर्णाली प्रदेश सरकारले बोनम्यारो प्रत्यारोपणमा रहेका सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचारकालागी ५ लाख रुपैया सहयोग गर्ने भएको छ।

सरकारका प्रवक्ता एवं भुमि व्यवश्था तथा कृषि सहकारी मन्त्री विमला केसीले शर्माको उपचारकालागी सरकारले रकम सहयोग गर्ने बताउनु भएको हो।

सुर्खेतमा रहेर पत्रकारीता गर्दै आएका शर्माको केहि महिनादेखि काठमाण्डौमा उपचार भर्यरहेको छ।

मन्त्री केसीले मुगुमा करेन्टलागी  विरामी भएका भ्यागे नेपाली भनिने अमर दमाईलाई १ लाख रुपैया सहयोग गर्ने निर्णय भएको बताउनु भयो ।

Share.

About Author

Leave A Reply