छिन्चु तेक्वान्दो दोजाङपदक बिजेताहरुलाई सम्मान ।

0

असाेज८-सुर्खेत।छिन्चु तेक्वान्दो दोजाङबाट काठमाडौंमा गत भदौमा भएको तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उधारो खर्चमा पठाएका १२ जना खेलाडीमध्ये ८ जनाले पदक जित्न सफल भएका छन।

तीन खेलाडीले स्वर्ण, चार जनाले रजत र एक जनाले काँस्य पदक जितेका छन।

दिनेश मगर, शिव परियार र महेन्द्र सुनारले स्वर्ण पदक प्राप्त गरेका छन्भने हेमन्त बाकावल, तिलक सुनार, पार्वती विक, जोहन रानाले रजत पदक र भरत सुनारले काँस्य पदक जित्न सफल भएका हुन।

दोजाङका मुख्य प्रशिक्षक अमर विकले प्रतियोगितामा सहभागी गराउनका लागि खर्च नभएपछि खेलाडीहरुलाई गाडीभाडा र खाना खर्च उधारोमा पठाइएको बताउनभयो।

कसैको सहयोग विनापनि खेलाडीहरुले पदक जित्न सफल भएपछि खुशियालीमा खेलाडीहरुलाई दोजाङले सम्मान गरेको छ।

खेलाडी सम्मान कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले दोजाङका लागि स्थानीय तहले जग्गाको व्यवस्थापन गर्न सके प्रदेश सरकारबाट आवश्यक भवन बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

उहाँले राज्यले खेलकुदलाई पूर्णरुपमा उपेक्षा नगरेको भन्दै हुनुपर्ने जति सहयोग नगरेको स्वीकार गर्नुभयो।

कर्णाली प्रदेश तेक्वान्दो संघका अध्यक्ष एवं सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले खेलाडीहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भेरीगंगा नगरकार्यपालिकाका सदस्य एवं वडा नं. १ का वडाअध्यक्ष नवराज कार्की, वडा नं. १२ का वडाअध्यक्ष हरिप्रसाद कँडेलले नगरपालिकाको तर्फबाट अवका दिनमा खेलकुदका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो।

पत्रकार महासंघका अध्यक्ष गणेशकंचन भारतीले पनि खेलाडीहरुलाई हौसला र सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा पदक बिजेताहरुलाई सम्मान गरिएको छ।

दोजाङ संचालन समितिका अध्यक्ष लोकबहादुर खत्रीले पनि खेल क्षेत्रलाई उपेक्षा गरिएको बताउनुभयो।

Share.

About Author

Leave A Reply