छैटौं संस्करणको नेपालगन्ज म्याराथनको तयारी पूरा।

0

मंसिर ५, छैटौं संस्करणको नेपालगन्ज म्याराथनको सम्पूर्ण तयारी तयारी पूरा भएको छ।

आयोजक क्रियटिभ ह्यान्ड्सले पत्रकार सम्मेलन गर्दै भोली आयोजना हुने म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

बाँच्नका लागि हिडौं’ भन्ने नारासहित आयोजना हुने यस पटकको म्याराथनमा तीन इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

कोरोना महामारीको कारण यस पटक पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रन समावेश गरिएको आयोजकले जनाएको छ।

यस पटकको म्याराथनमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरण सिंह बोगटी, साविक विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्कीलगायतका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिने बताईएको छ ।

नेपाल एथलेटिक्स संघबाट मान्यता प्राप्त नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ।

म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ।

यस्तै यस पटकको म्याराथन र हाफ म्याराथनको पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ ।

यस पटक म्याराथनका विजेताले ७५, दोस्रोले ३० हजार, तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसिर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरणमा हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ।

 

Share.

About Author

Leave A Reply