जग्गाको कित्ताकाट फुक्का गर्ने सरकारी निर्णय बदर।

0

भदाै २९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गत भदौ १८ गते फुक्का गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय बदर भएको छ।

सर्वत्र विरोध भएपछि मन्त्रालयले यो निर्णय बदर गरेको हो।

मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गरेर सार्वजनिक गरेको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका निर्णयहरु बदर गरिएको उलेख छ।

मन्त्री अर्यालले २०७५ पुस २७ गते कृषि बाहेकका अन्य जग्गाको कित्ताकाट खुल्ने भनि जारी गरेको पुरानो निर्देशन पनि बदर भएको छ।

मन्त्रालयले भने यसलार्इ निर्णय बदर नभई स्थानीय सरकार सञ्चालन ऐन र भूमिसम्बन्धी ऐन लागू भएपछि त्यस अनुसार हुने जनाएको छ ।

जुनसुकै प्रकारको जग्गा कित्ताकाट गर्नकालागि सम्बन्धित स्थानीय सरकारको सिफारिसमा मात्र गर्न पाइने नियमावली मन्त्रिपरिषदमा प्रस्ताव भएपनि निर्णय भर्इसकेको छैन ।

अब  यो नियमावली नआउँदासम्म कुनै पनि जग्गाको वर्गीकरण वा कित्ताकाट नहुने भएको छ ।

 

Share.

About Author

Leave A Reply