जग्गा प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर।

0

माघ-२४ सुर्खेत।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा चार जना पूर्व मन्त्रीसहित एकसय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

विशेष अदालतमा मुद्दा दायर गरिएका पूर्व मन्त्रीदेखि बिचौलियासम्मबाट गरी नौ अर्ब आठ करोड १४ लाख रुपैयाँ बिगो माग गरिएको छ।

मुद्दा दायर गरिएका पूर्वमन्त्रीहरुमा विजयकुमार गच्छदारचन्द्रदेव जोशीडम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् ।

अख्तियारले जग्गा कारोवारी रामकुमार सुवेदीसँग सबैभन्दा धेरै ५२ करोड ५१ लाख रुपैयाँ र अर्का जग्गा कारवारी शोभाकान्त ढकालविरुद्ध ३९ लाख रुपैयाँ बिगो कायम गरेको छ।

सुवेदी र ढकालले जग्गामा अनधिकृत व्यक्तिलाई कृत्रिम मोही खडा गर्नेगराउने काम गरेको अख्तियारको भनार्इ छ ।

अख्तियारले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मन्त्री डम्बर श्रेष्ठविरुद्ध जनही ९ करोड ६५ लाख ३६ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।

यस्तै तत्कालीन मन्त्री चन्द्रदेव जोशीविरुद्ध ७ करोड ८ लाख रुपैयाँ मागदाबी गरिएको छ।

तत्कालीन सचिवहरू दिनेशहरि अधिकारीविरुद्ध ७ करोड ८ लाख रुपैयाँत्यसैगरी दीप बस्न्यात र छविराज पन्तविरुद्ध जनही ९ करोड ६५ लाख रुपैयाँ मागदाबी गरिएको छ ।

यसैगरी अख्तियारले जग्गाधनी भनिएका पूर्वराजदूत रुक्मशमशेर जबराविरुद्ध ८ करोड २७ लाख शैलजा राणाविरुद्ध ९ करोड ६३ लाखसुनीति राणाविरुद्ध ८ करोड ६८ लाख रुपैयाँ दाबीसहित जग्गा जफतको माग गरिएको छ ।

भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका तर्फबाट सञ्चालक मीनबहादुर गुरुङविरुद्ध दुई वटा मुद्दा दर्ता गरिएको छ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला प्रधानमन्त्री निवासले चर्चेको ११४ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको हो ।

यस्तै११० जनाबाट जग्गा फिर्ता गरी कारबाही गर्न र ६५ जनाबाट जग्गा फिर्ता लिन अख्तियारले माग गरेको छ।यस प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपालबाबुराम भट्टराईसहित १७ जनाविरुद्ध मुद्दा चलाउन नमिल्ने अख्तियारले उल्लेख गरेको छ ।

Share.

About Author

Leave A Reply