जनताको पक्षमा सरकारले काम गर्न नसकेको काँग्रेसको ठहर।

0

पुष-३० सुर्खेत।नेपाली काँग्रेसका उपसभापती विमलेन्द्र निधीले दुई तिहाईको सरकारले जनताको पक्षमा कुनैपनि काम गर्न नसकेको आरोप लगाउनु भएको छ।नेपाली काँग्रेस सुर्खेतले बीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उपसभापति निधिले यस्तो बताउनु भएको हो। नेता निधीले सरकारले प्रेसमाथी अंकुश लागाउन खोजेको भन्दै यसप्रति सचेत हुनुपर्नुपर्नेमा जोड दिनुभयो।पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका निधीले प्रदेशको अधिकार कटौती गरी संघमै राख्न खोजेको भन्दै वर्तमान सरकारले प्रदेश सरकारमाथी अङकुश लगाएको आरोप समेत लगाउनुभयो।नेता निधिले देशमा हत्या, हिंसाका लगायतका अपराधिक घटना बढ्दै गएतापनि सरकार भने टुलुटुल हेरेर बसिरहेको आरोप लगाउनुभयो।पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता निधिले महासमिति बैठकपछि कांग्रेस थप मजबुत बन्दै गएको टिप्पणी गर्दै अब एकताबद भएर अगाडी बढ्ने बताउनुभयो।कार्यक्रममा कर्णाली प्रदेशका साँसद यज्ञ वहादुर विसीले वर्तमान सरकारले गर्न नसकेको कामको वारेमा र कांग्रेसले गरेको विकास निर्माणको कामवारे बुझाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।यस्तै कार्यक्रममा पूर्व राज्यमन्त्री खड्गबहादुर बस्यालले केन्द्रिय कार्यसमितिमा दलित जनजाति मुशिल समुदायको संख्या न्युन रहेको भन्दै यसतर्फ ध्यान दिन नेतित्वलार्इ आग्रह गर्नुभयो।कार्यक्रममा क्षेत्रीय सभापति खड्क पोख्रेल, नारायण कोइराला, लालवीर भण्डारी, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल ट्रेड युनियन कांग्रेसका कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीलगायतले कांग्रेसलाई सशक्त बन्न आग्रह गर्दै पार्टीका शीर्ष नेताहरु पनि एक हुन जोड दिनुभयो।कार्यक्रमम कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको हो।

 

 

Share.

About Author

Leave A Reply