जवरजस्तीकरणी गरेको आरोपमा बीरेन्द्रनगरमा एकजना प्रकाउ।

0

कार्तिक १९ सुर्खेत,जवरजस्तीकरणी गरेको आरोपमा सुर्खेतको बीरेन्द्रनगरबाट प्रहरीले एक जनालाइ प्रकाउ गरेको छ।

प्रकाउ पर्नेमा बीरेन्द्रनगर १ बाङगेशिमलका कृष्ण आचार्य रहेको प्रहरीले जनाएको छ।

पिडित महिलाले दिएको उजुरीको आधारमा आर्चायलाइ बीरेन्द्रनगरबाटै प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

उहाँ विरुद्ध जिल्ला अदालत सुर्खेतबाट म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिसपी रवि रावलले जानकारी दिनुभयो।

पिडित महिलाले आचार्यले आफुमाथी जवरजस्तीकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएपछि प्रहरीले उहाँलाइ प्रकाउ गरेको हो।

Share.

About Author

Leave A Reply