जाजरकोटकोटमा पहिरोमा ज्यान गुमाएकाहरुका परिवारलार्इ एकलाख रुपैयाँ दिने।

0

साउन २२ जाजरकोट।जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ ठाटी बजारमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुका परिवारलार्इ राहत स्वरुप एकलाख रुपैयाँ राहत दिने स्थानिय प्रशासनले जनाएको छ।कर्णाली प्रदेसका आन्तरीक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको उपस्थितीमा बसेको जिल्ला विपत व्यवस्थापन समिति जाजरकोटको बैठकले १ लाख रुपैया दिने निर्णय गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो।बस्नेतले पहिरोले घर भत्किएका दुर्इ परिवारलाई १०/ १० हजारका दरले राहत उपलब्ध गराईएको बताउनु भयो।कर्णाली प्रदेश सरकारले ज्यान गुमाएकाहरुका परिवारलार्इ तत्कालकालागि प्रतिपरिवार २५ हजार उपलब्ध गराएको छ।यसैगरी उच्च जोखिममा रहेका परिवार ६ परिवार र जोखिममा रहेका तीन परिवारलार्इ स्थानिय बृद्दा आश्रमको भवनमा राखिएको छ।उनीहरुलाइ दाल भात खर्चकालागि प्रदेश सरकारले २० हजार उपलब्ध गराएको छ।उनीहरु थप व्यवस्थापन जिल्ला विपत व्यवस्थापन समितिले गर्ने पनि बस्नेतले जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply