जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भाईरल ईन्फलुईन्जा ‘एचथ्रि एनटु’ भएको पुष्टि।

0

पुष–३० जाजरकोट।जाजरकोटको जुनीचाँदे गाउँपालिकामा तीन सातादेखि प्रकोपको रुपमा फैलिएको भाईरल ईन्फलुईन्जा टाईप ए ‘एचथ्रि एनटु’ भएको पुष्टि भएको छ।विरामीको खकार लगायतका नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौले रोग पत्ता लगाएको हो ।पाँचजना विरामीमध्ये एक जनामा ‘एचथ्रि एनटु’ भाईरस फेला परेको जनाएको छ। तीन साता देखि जाजरकोटमा फैलिएको भाईरलबाट १४ जनाको ज्यान गएपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सचिव सहितको टोलीले मजकोट पुगेर स्थलगत अवलोकन भ्रमण गरेको छ।नेपाली सेनाको हेलिकोप्टरबाट प्रभावित जुनीचाँदेको मजकोटमा पुगेर टोलीले प्रकोपको अवस्था र उपचारको व्यवस्था बारे निरीक्षण गरेको हो। टोलीले स्थानीय नागरिक, विरामी र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसँग अन्तरक्रिया गरेर फर्किएको हो ।पुर्वमन्त्री तथा जाजरकोटका प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, जाजरकोट प्रदेशसभा ‘ख’ का सांसद करवीर शाही, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, स्वास्थ्य विभागका महानिर्देशक डा.राजेन्द्र पन्त लगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो ।एकजना मेडिकल अधिकृत र केही स्वास्थ्यकर्मीका साथै केही औषधी समेत प्रभावित क्षेत्रमा छोडेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । स्वास्थ्य विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले गरीवी र पछ्यौटेपनाले गर्दा जाजरकोटवासीको रोगप्रतिरक्षा शक्ति कमजोर रहेकोले पटक–पटक सरुवा रोगले प्रकोपको रुप लिने गरेको वताउनु भयो।

Share.

About Author

Leave A Reply