जाजरकोटमा पहिरोमा परि ८ जनको ज्यान गयो।

0

साउन २१ जाजरकाेट।जाजरकोटको सदरमुकाम खलंगा नजिक भेरी नगरपालिका ३ ठाँटी बजारमा पहिरोले दुर्इ वटा घर  पुर्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।पहिरोमा परी ७ जना बालबालिका र १ महिलाको ज्यान गएको स्थानिय प्रशासनले जनाएको  छ।आज बिहान सात बजेपछि ठाँटीबजार नजिकै खसेको पहिरोले तिर्थ बोहोरा र गोपाल सुनारको घर पुरेको हो।बोहराको घरमा भाडामा बस्दै आउनुभएका २५ वर्षीया शीतला लोहार, उहाँका छोरी नौ वर्षीया भावना, ६ वर्षीया रञ्जना र तीन वर्षीया मनिषाको ज्यान गएको हो। सितलाका ३१ वर्षीय श्रीमान लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ।जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले घरमूली बोहराका सातवर्षीया छोरी नग्माको पनि मृत्यु भएको बताउनु भयो।यस्तै सुनारको घर पुरिदा १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियारको पनि ज्यान गएको छ।,घटनास्थलमा उद्दारकालागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली खटेका हुन।चारैतिर पहिरो खसेपछि खलंगा बजारमा तीन सातादेखि यातायात ठप्प रहेको पत्रकार भिम बहादुर सिंहले जनाएका छन।

Share.

About Author

Leave A Reply