सुर्खेतको भेरी समौझीघाटलाइ सुविधा सम्पन्न स्मार्ट आर्यघाटका रुपमा विकसित गर्ने पहल शुरु।

0

साउन २१ सुर्खेत।सुर्खेतको भेरी समौझीघाट दाहसंस्कार स्थललाई नेपालकै सुविधा सम्पन्न स्मार्ट आर्यघाटका रुपमा विकसित गर्ने पहल शुरु भएको छ।सुर्खेत उपत्यका नगर विकास समितिको पहलमा वीरेन्द्रनगरमा भएको सर्वपक्षीय छलफलमा स्मार्ट आर्यघाट निर्माणका लागि रकम संकलन गर्न भेरी किनारमै पितृमोक्ष महाकुम्भ धार्मिक मेला सञ्चालन गर्ने निधो भएको छ ।कम्तिमा २० देखि २५ करोड रुपैयाँको लागतमा भेरी किनारमा विद्युतीय शव दाह यन्त्रसहितको किरियापूर्ति कक्ष, श्राद्ध तथा पिण्ड तर्पण स्थल, शुद्ध शाकाहारी भोजनालयलगायतका आवश्यक संरचना निर्माण गर्ने योजना बनाइने भएको हो।त्यसका लागि आवश्यक रकम जोहो गर्न सम्भव भए आगामी असोज महिनामा भेरी किनारमा पितृमोक्ष महाकुम्भ धार्मिक मेला सञ्चाल गर्ने योजना संकल्पकर्ता गोविन्द शरणले अघि सार्नुभएको हो । धार्मिक मेलामा श्राद्ध, तर्पण, लाखबत्ति, व्रतवन्धलगायत अन्य पूजाआजा गरिने बताउँदै उहाँले अब उपयुक्त स्थान र समय हेरी कार्य आरम्भ गरिने जानकारी दिनुभयो ।धार्मिक मेला सञ्चालनका लागि आपूmले एक रुपैयाँ पनि नलिने उद्घोष गर्दै उहाँले बरु मेलाका लागि आवश्यक विजुली बत्ति, टेन्टपण्डाल, साउण्ड सिष्टमलगायत २५ लाख रुपैयाँ बराबरको व्यवस्थापकीय खर्च आफै व्यहोर्ने प्रतिवद्धतापनि उहाँले जनाउनु भएको छ ।अहिले भेरीमा दाहसंस्कारका लागि अनेकौं कठिनाई भोग्नुपरिरहेको भन्दै उहाँले पितृआत्मको मोक्ष र शान्तिका लागि पनि अत्याधुनिक आर्यघाट आवश्यक रहेको औंल्याउनुभयो ।सुर्खेतमा विश्वविद्यालयपछिकै सबैभन्दा ठूलो योजना हुने जिकिर गर्दै उहाँले यो योजना महत्वाकांक्षी भएपनि असम्भव भने नभएको दाबी गर्नुभयो ।जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले नागरिकस्तरबाट शुरु गरिने यस्ता महत्वपूर्ण आयोजनामा आप्mनो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । अधिवक्ता ध्रुवकुमार श्रेष्ठले विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्न सकिए वन जंगलको विनाश तथा वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न सकिने जिकिर गर्नुभयो ।यसैगरी सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले विशुद्ध रुपमा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि गरिने विकास निर्माणमा आप्mनो व्यक्तिगत र संस्थागत सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।शिवशक्ति सामुदायिक वनका अध्यक्ष मानकुमार आचार्यले दाहसंस्कारका लागि काठदाउराको खपत बढिरहेको भन्दै त्यसको बचतका लागि पनि स्मार्ट आर्यघाट बनाउने कार्यमा आप्mनो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

Share.

About Author

Leave A Reply