जिल्ला अदालत सुर्खेतमा चालू आर्थिक वर्षको पाँच महिनामा ५२२ वटा नयाँ मुद्दा दर्ता।

0

पुष-१९ सुर्खेत।जिल्ला अदालत सुर्खेतमा चालु आर्थिक बर्षको ५ महिनामा ५ सय २२ मुद्दा  दर्ता भएका छन।नयाँ पुराना गरी ८ सय ८६ मध्ये ३ सय ५५ वटा मुद्दाको टुङगो लागेको छ भने ५ सय ३१ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन।जिल्ला अदालत सुर्खेतले आज वीरेन्द्रगरमा पत्रकार सम्मेलन गरेर सबै भन्दा धेरै व्यक्रीवादी फजदारीका मुद्दा दर्ता भएको जनाएको छ।व्यक्तीबादी फोंजदारीमा ३ सय ८३ वटा मुद्दा परेको छ भने व्यक्तिवादी देवानी सम्बन्धि ३ सय १९ वटा उजुरी परेको अदालतले जनाएको छ।यस्तै जवर्जस्ती करणीका ३९ वटा उजुरी परेको छ भने लागु औषध सम्बन्धिका २८, बहुविबाहका २३ मद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतका सेस्तेदार गोपाल भण्डारीले जानकारी दिनुभयो।उहाँले सम्बन्ध विच्छेदका २ सय ६ वटा मुद्दा परेका छन भने महिलाले मात्रै १ सय ४८ वटा मुद्दा दर्ता भएको बताउनुभयो।स्रस्तेदार भण्डारीले ३ करोड ६७ लाख बराबरको राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो।

Share.

About Author

Leave A Reply