जिल्ला अदालत सुर्खेतले यो बर्ष ७० वटा मुद्घा मेलमिलाप मार्फत टंगो लगायो।

0

असार २६ सुर्खेत,  जिल्ला अदालत सुर्खेतले यस वर्ष ७० वटा मुद्धा मेलमिलाप मार्फत टुंगो लगाएको छ ।

आर्थिक वर्ष २०७४ ०७५ मा दर्ता भएका ९८ र गत वर्षका ३ वटा मुद्धा मध्य ७० वटा मुद्धा मेलमिलाप मार्फत टुंगो लगाएको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।

अदालतले सुचिकृत गरेका मेलमिलापकर्ताहरुको समन्वयमा अदालतले घरजग्गा, सिमाना, अंशवन्डा, सामान्य गालीवेईज्जतीका मुद्धालाई मेलमिलाप मार्फत टुंगो लगाएको जिल्ला अदालत सुर्खेतका स्रेस्तादार वीरेन्द्र मल्लले जानकारी दिनुभयो ।

यता जिल्ला न्यायधिस मेदिनिप्रसाद पौडेलले स्थानीय तह गठन भएसँगै अदालतमा मेलमिलाप गर्नुपर्ने घटनाको संख्यामा कमि आएको बताउनुभयो ।

जिल्ला न्यायधिस पौडेलले यस अघि अदालतबाट नागरिकले पाउउँदै आएका सामान्य न्यायिक सेवाहरु स्थानीय तहले दिन सुरु गरेपछि अदालतमा मुद्धाको चाप पनि घटेको जानकारी दिनुभयो ।

मेलमिलापकर्ता वीरेन्द्रकुमार थापाले पिडित र पिडक दुबै पक्षको सहमतिमा मुद्धा मिलापत्र हुने मेलमिलाप निति अनुसार पक्ष र विपक्षको सहमतिमा मेलमिलाप गर्ने गरीएको बताउनुभयो । मेलमिलापबाट मुद्धाको टुंगो लगाउँदा समाजमा सकारात्मक प्रभाव परेको थापाको भनाई छ ।

यसैबिच मेलमिलाप परिषदको आयोजनामा सुर्खेत जिल्ला अदालतले संचालन गरेको मेलमिलाप सम्बन्धी एकदिवसिय कार्यक्रम सम्पन्न भएको छ ।

अदालतका सुचिकृत मेलमिलाप कर्ता, शिक्षक लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यक्रममा उच्च अदालत सुर्खेतका उपरजिष्टार नगेन्द्रबहादुर बुढाले नेपालमा मेलमिलाप कानुन सम्बधी र उच्च अदालतकै शाखा अधिकृत सरोज निधी तिवारीले मेलमिलाप सम्बन्धी सैद्धान्तीक अवधारण विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

Share.

About Author

Leave A Reply