जिल्ला निर्वाचन कार्यालय सुर्खेतले राजनीतिक दलसँग छलफल थाल्यो।

0

माघ ७, जिल्ला निर्वाचन कार्यालय सुर्खेतले वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनका बारेमा राजनीतिक दलकासँग छलफल गरेको छ।

आज निर्वाचन कार्यालयले सुर्खेतबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग सरकारले तोकेको निर्वाचनको सम्बन्धमा छलफल गरेको हो।

निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

कार्यालयका निर्बाचन अधिकारी निर्माला रेग्मीले मतदाता नामवालीको अध्यावधि तथा दाबी बिरोध गर्न समेत सम्बन्धीत व्यक्तीलार्इ आबाह्न गर्नुभएको छ।

नयाँ मतदाता नामावली संकलन गत पुस ६ गते देखि नै स्थगित भएको भन्दै पुस ५ गते सम्म १८ बर्ष उमेर पुगेका र फोटो सहितको मतदाता नामावली भएका सबैले मतदान गर्न पाउने बताउनुभयो।

उहाँले माघ १८ देखी २० गतेसम्म स्थानियतह भित्रै दोहोरो परेको भए जाँचबुझँ गरी हटाउने भन्दै त्यसपछि अन्तिम नामावली प्रकाशित गर्नु बताउनुभयो।

माघ २२ देखी २६ सम्म त्रृटि सच्चाउने वा सबै कागाजात सामाग्री निर्वाचन अधिकारीको कार्यालयमा बुझाउने बताएको छ।

फरकफरक जिल्लामा दोहोरो नाम परेका निवेदन प्राप्त भए माघ २६ देखी फागुण दुर्इगते सम्म छुटै विवरण तयार गरी जिल्लामा अध्यावधिक भएको डाटासंगै आयोगमा पठाउने भएको छ।

यसैबीच सुर्खेतमा २०७४ सालको निर्बाचन सम्म २ लाख ४ हजार ५ सय ७७ जना मतदाता रहेकोमा हालसम्म सम्भावित मतदाताको संख्या २ लाख १९ हजार ४ सय ६६ पुग्ने कार्यालयले बताएको छ।

सुर्खेतमा एक सय ३८ वटा मतदान स्थल रहेका छन भने मतदान केन्द्र २ सय ६३ रहेकोमा अव १३ वटा केन्द्र थप्ने तयारीमा रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यसैबीच निर्बाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराईएको हो।

छलफलका क्रममा निर्वाचन कार्यालयले कार्यक्रममा सहभागी हुने राजनीतिक दललार्इ आम नागरिकलाई सुसुचित गराईदिन पनि आग्रह गरेको छ।

नेताहरुले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आग्रह गर्दै वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने बताएका छन।

छलफलमा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारी बारे जानकारी गराउँदै आवश्यक सहयोग गर्न आग्रह गरेका छन।

कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले निर्वाचन आयोगको निर्वाचन कार्यक्रमको तयारीको पक्षमा आफुहरु रहेको तर निर्वाचन हुनेमा आशंका गर्नुभयो।

उहाँले कोरोनाको कारणले बीचमा रोकिएको मतदाता परिचयपत्रको कामलार्इ निरन्तता दिनुपर्ने भन्दै अव नागरिकता बनार्इसकेपछि उमेर पुगेकालार्इ परिचयपत्र उपलब्ध गराउनु पर्ने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द्रप्रसाद सुवेदीले साना राजनितिकदल भन्दा ठुलादलले नै देशलार्इ बिगारेको भन्दै राजनितिक दल सम्बन्धीको थ्रेसहोल्ड हटाउनुपर्ने उल्लेख गर्नुभयो।

यस्तै नेपाल मजदुर किसान पाटीका प्रतिनिधि गणेश खड्काले निर्वाचनको लागि तयारी थाल्नु स्वभाविक भएको भन्दै स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन सम्पन्न गर्ने गरी तयारी हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेकपाका दुबैसमुह दाहल­नेपाल र ओलीपक्षका नेताहरुले सहभागिता जनाएका थिएनन्।

 

 

Share.

About Author

Comments are closed.