जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आर्थिक बर्ष २०७३/७४ मा परेका ९५ वटा मध्ये ५८ वटा मुद्दाको टुंगो लाग्याे।

0

साउन–२७ सुर्खेत।जिल्ला प्रशासन कार्यालय सुर्खेतले आर्थिक बर्ष २०७३/७४ मा विभिन्न प्रकारका ९५ वटा मुद्घा परेकोमा ५८ वटाको टुंगो लागेको जनाएको छ।कार्यालयले पत्रकार सम्मेलन गरेर आर्थिक बर्ष २०७३/७४ को कार्य बिबरण प्रस्तुत गर्दै एक बर्ष भरि गरेको कामको समिक्षा गरेको हो।प्रमुख जिल्ला अघिकारी माहादेब पन्थले ३ सय ५४ वटा ठाडो उजुरी दर्ता भएको बताउनु भयो।उहाँले बाँकी ३७ वटा प्रक्रिया रहेका भन्दै ठाडो उजुरी ३ सय ५४ मध्य पहिला बाकी रहेको ८ सहित ३ सय ६२ उजुरीको पनि टुंगो लगेको बताउनु छ।यो वर्ष द्वन्द्व पिडितलाई ११ करोड १५ लाख ६७ हजार राहत रकम र बैदेशिक रोजगार क्षतिपुर्ति ९ लाँख ७२ हजार ४ सय २२ वितरन भएको कार्यालको तथ्याँक छ।कार्यालयले आर्थिक बर्ष २०७३/७४ १ करोड ७ लाख ८ सय २४ राजश्व संकलन गरेको जनाएको छ।सबैभन्दा धेरै राहादानी वितरणबाट ९७ लाख ९५ हजार ५ सय ५५ संकलन भएको प्रमुख जिल्ला अघिकारी पन्थले जानकारी दिनुभयो।यस्तै न्यायिक दण्डबाट ४ लाख १२ हजार ९ सय ४८, कम्पन्नी रजिष्ट्रेसनबाट ३ लाख १८ हजार ४ सय, अन्य विभिन्न क्षेत्रबाट राजश्व संकलन भएको छ।आर्थिक बर्ष २०७३/७४ मा ७ हजार ३ सय ३० जनाले नागरिकता बनाएका छन भने ४ हजार ३ सय ९४ जनाले राहादानी लिएको प्रशासनले जनाएको छ।१ हजार ८ सय ५३ जनाले कार्यालयबाट राहदानी लिएका छन भने २ हजार ५ सय ४२ जनाले बाहिरबाट राहदानी लिएको कार्यालयले जनाएको छ।यस्तै कार्यालयले आर्थिक बर्ष २०७३/७४ १ करोड ७ लाख ८ सय २४ राजश्व संकलन गरेको जनाएको छ।सबैभन्दा धेरै राहादानी वितरण बाट ९७ लाख ९५ हजार ५ सय ५५ संकलन भएको प्रमुख जिल्ला अघिकारी माहादेब पन्थले जानकारी दिनु भयो।यस्तै न्यायिक दण्डबाट ४ लाख १२ हजार ९ सय ४८, कम्पन्नी रजिष्ट्रेसनबाट ३ लाख १८ हजार ४ सय, अन्य विभिन्न क्षेत्रबाट राजश्व संकलन भएको उहाँले बताउनु भयो।

Share.

About Author

Leave A Reply