जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली कांग्रेसको एकलौटी जितः

0

साउन २४ सुर्खेत- जिल्ला समन्वय समिती सुर्खेतमा नेपाली कांग्रेसले एकलौटी जित हासील गरेको छ।
आज भएको निर्वाचनमा संयोजक र सह–संयोजक सहित सबै नौ पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन।
संयोजकमा पंञ्चपुरी नगरपालिकाका छविलाल सिग्देल र सह–संयोजकमा वीरेन्द्रनगरका देवी भटराई निर्वाचित हुनुभएको छ।
महिला सदस्यमा वीरेन्द्रनगरका पूर्णा चालिसे,सिम्ताका बालकूमारी पुन, चौकुनेका रमा बिसी विजयी हुनुभएको छ।
दलित अल्पसंख्यकवाट भेरीगंगाका पुसे कामी, खुला सदस्यमा चिङगाडका वीरसिंह घर्ति, गुर्भाकोटका बासुदेव शर्मा र सिम्ता गाउँपालिकाका तिर्थ रावल निर्वाचित हुनुभएको छ।
निर्वाचित सबैजनाले समान ११–११ मत प्राप्त गर्नुभएको छ।
यस्तै एमालेवाट टोपबहादुर राष्कोटीको संयोजकत्वमा निर्वाचनमा होमीएको प्यानलका सबै उम्मेदवारले समान ७– ७ मत पाउनु भएको छ।
९ वटा स्थानीय तह रहेको सुर्खेतमा समन्वय समितिको लागि १८ जना मतदाता थिए।
यस्तै निर्वाचित जिल्ला समन्वय समितीका संयोजक छविलाल सिग्देलले सबैको सल्लाह,सुझावलाई आत्मासाथ गर्दै काम गर्ने प्रतिवद्धता जनाउँनु भएको छ।
निर्वाचित भएपछी नेपाली कांग्रेसले पार्टि कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा सिग्देलले ईमान्दारीता र अनुशासनको परिधिभित्र रही जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता जनाउँनु भयो।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले समन्वय समितीका संयोजक लगायत सबै पदाधिकारीलाई बधाई दिदै जिम्मेवार भएर काम गर्न सुझाव दिनु भयो।
उहाँले आउँदै गरेका निर्वाचनमा एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालार्इ आह्वान गर्नुभएको छ।

Share.

About Author

Leave A Reply