जुम्लाका दुइ स्थानिय तहमा खष भाषामा पढाइ हुने।

0

वैशाख -२२ सुर्खेत।जुम्लाका दुई स्थानीय तहका बिद्यालयमा खष भाषामा पढाउने तयारी थालिएको छ ।आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खषभाषामा पढाइ हुने भएको हो ।लोपोन्मुख अवस्थामा रहेको मौंलिक खषभाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर पठनपाठन सुरु गर्न लागेका हुन्।सिञ्जाका अध्यक्ष देवलसिंह रावलले    स्थानीय तहमै खषभाषाको पाठ्यक्रम तयार गरिएको भन्दै पाठ्यपुस्तक तयार गरी छपाइको काम थालिएको बताउनु भयो।तातोपानीले एकदेखि कक्षा तीनसम्मको पाठ्यपुस्तक तयार गरी छपाइ कार्य शुरु गरेको छ।पाठ्यपुस्तक छाप्ने काम भइरहेकाले जेठ पहिलो हप्ताबाट विद्यालयमा पुस्तक वितरण गरी पढाइ शुरु गर्ने तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।   ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली पाठ्यपुस्तकमा समावेश गरिएको उहाँको भनार्इ छ ।यो वर्ष एकदेखि तीन कक्षासम्म पढाइ खसभाषामा पढार्इ थालिने भन्दै  चार र पाँच कक्षाको पनि पाठ्यपुस्तकको तयारी भइरहेकाे बताउनु भएको छ।२८ सामुदायिक विद्यालयमा स्थानीय खषभाषामा पठनपाठन गर्ने तयारी गरिएको हो ।

 

 

Share.

About Author

Leave A Reply