जुम्लाबाट आज १८ जनाले काेराेनालाई जिते।

0

जेठ २७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट आज१८ जना कोरानो निको भएर घर फर्किएका छन् ।

कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्‍वारेन्टाइनमा बसेको बेला कोरोना भाइरस पोजिटिभ देखिएका उनीहरुको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । अस्पतालमा अझै ८ जना उपचारार्थ छन् ।

उनीहरुको अवस्था पनि सामान्य छ ।
अस्पतालबाट डिस्चार्ज भएका १८ जनालाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले खादा लगाएर अस्पतालबाट बिदा गरेका छन् ।

Share.

About Author

Leave A Reply