जेसिस राष्ट्रिय क्रिकेटमा कर्णाली अन्तिम ८ मा पुग्न सफल।

0

सुर्खेत फागुन ३०। दाङमा जारी जेसिज कप राष्ट्रिय क्रिकेटमा कर्णाली क्रिकेट टिमले विजयी सुरुवात गरेको छ।
आज भएको पहिलो खेलमा कर्णालीले महाकाली क्रिकेट क्लबलाई १० रनले पराजित गर्दै कर्णाली क्रिकेट टोली अन्तिम आठमा ठाउँ पक्का गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५२ रन बनाएको हो।
कर्णालीका टेक सलामीले सर्वाधिक ५७ रन बनाउँदा निश्चल रावलले ३० र रविन्द्रजंग शाहीले १८ रनको योगदान दिनुभयो।
एक सय ५३ रनको लक्ष्य पछ्याएको महाकालीले एक सय ४२ रन मात्रै बनाउन सक्यो।
महाकालीकालागि दिनेश ऐरीले ५३ र सन्तोष भट्टले ३० रनको योगदान दिएपनि टिमलाई जिताउन सक्नुभएन।
कर्णालीका टेक सलामीले ४ र दिनेश पुनले २ विकेट हात पार्नुभयो।
५७ रन र ४ विकेट लिनुभएका टेक सलामी खेलको म्यान अफ दि म्याच बन्नुभएको छ।
प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

Share.

About Author

Leave A Reply