ज्ञानेन्द्र शाहीलाइ कुनै यातना नदिएको प्रहरीको भनाइ।

0

जेठ-२० सुर्खेत।भ्रष्ट्राचार अभियान्ता बताउने ज्ञानेन्द्र शाहीलाइ प्रहरीले कुनै प्रकारको यातना नदिएको जनाएको छ।प्रदेश प्रहरी कार्यलयले आज पत्रकार सम्मेलनको आयोजना गरेर वास्तविकता नै नबुझेर प्रहरीलार्इ यातना दिएको आरोप लगाएको प्रहरीले जनाएको छ।कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले शाहीलाई प्रहरीले दमन नगरेको बताउनुभयो।उहाँले घटनाको सत्यतथ्य बाहिर नआई एकपक्षीय रुपमा समाजिक संञ्जाल र केही अनलाइनलाइ संञ्चारमाध्यहरुले नागरिकलाई भ्रम परेको टिप्पणी गर्नुभयो।डिआइजी शाहले भ्रष्टाचारविरुद्व अभिव्यक्ति दिएकै कारण शाहीलाई पक्राउ नगरेको भन्दै साइवर अपराधका कारण प्रकाउ गरिएको बताउनुभयो। उहाँले जिल्ला अदालत सुर्खेतबाट पक्राउ गर्न पुर्जी जारी भएपछि शाहीलाइ प्रकाउ गरिएको बताउनुभयो।उहाँले यसअघिदेखी नै उहाँको खोजी सुरु गरेको भन्दै जेठ १५ गते खुलामञ्चमाबाट पक्राउ गरिएको बताउनुभयो।डिआइजी शाहले पक्राउपछि शाही लगायत उहाँका सहयोगीहरुलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कोठामा राखिएको, त्यसपछि कर्णाली प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र काठमाडौ पठाइएको बताउनुभयो।उहाँले कार्यालयभित्र ल्याउँदै गर्दाको सिसिटिभी फुटेज,प्रहरीमाथि ढुंगामुडा भएको भिडियो, हिरासत भित्रको सिसिटिभी फुटेज सुरक्षित रहेको बताउनुभयो।यता नागरिक समाज, लगायत शाहीका सहयोगीहरुले भने प्रहरीले दमन गरेको बताउदै आएका छन।शाहीले आफुलाइ प्रहरीले कुटपिट गर्नुको साथै काठमान्डौ लैजादा गाडीमा खाना र दिसा पिसाब समेत गर्न नदिएको बताउदै आउनुभएको छ।शाहीको अहिले काठमान्डौ रहेको टर्मा सेन्टरमा उपचार भइरहेको छ।यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको बताएको छ।शाहीलाई प्रहरीले हिरासमा कुटपिट गरी घाइते बनाएको खुलेको आयोगको दावी छ।प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उहाँलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।ज्ञानेन्द्रले वैशाख १८ गते सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित नभएको भन्दै एक अन्तर्वार्तामा पत्रकारलाई गाली गर्नुभएर्को थियो।पत्रकारलाई तथानाम गाली गरेको भन्दै पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले शाहीविरूद्ध उजुरी गरेपछि प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो।

 

 

Share.

About Author

Leave A Reply