झापा गोल्डकपको उपाधिका आर्मी र झाँपा भिड्ने ।

0

फागुन २६, त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।आर्मीले डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले पर्सी प्रतिस्पर्धा गर्नेछन् ।आज खेलमा आर्मीलाई उपहार गोलले फाइनलमा पुर्‍याएको हो।२३ औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाती गोल गरेनुभएको हो।आर्मीका भरत खवासले प्रहार गरेको बल सिलु मार्टिन्सले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा गोल भएको हो।१–० गोलले पछि परेको दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेलेपनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाउनुभयो।

Share.

About Author

Leave A Reply