टी–२० क्रिकेट सिरिज सर्‍यो।

0

फागुन २३ सुर्खेत,   नेपाली क्रिकेट टिमले केन्यामा हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ ।

मार्च २२ देखि ३१ तारिखसम्म आयोजना गर्ने भनिएको टी–२० क्रिकेट सिरिज दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको छ।

प्राविधिक कारणले खेल मिति सानु परेको क्रिकेट केन्याले उल्लेख गर्दै केही दिनमै नयाँ मिति सार्वजनिक गर्ने पनि बताएको छ।

८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रत्येक देशका ए टिम रहने छन।

यो प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने छन्।

यो सिरिजमा सहभागिता जनाउनका लागि नेपाली क्रिकेटले आईसीसीसँग अनुमति मागेको थियो । तर अहिलेसम्म स्वीकृति भने पाएको छैन ।

Share.

About Author

Leave A Reply