ट्युमरको उपचारकालागि सहयोग रकम माग ।

0

चैत ९-सुर्खेत।सुर्खेत वीरेन्द्रनगरका एक व्यक्तिले ट्युमरको उपचारकालागि सहयोगको याचना गरेका छन्।वीरेन्द्रनगर १५ रतुका लालबहादुर खत्रीको ट्युमरको अप्रेसनकालागि खर्च नभएको भन्दै  उहाँको परिवारले सहयोगकालागि आग्रह गरेको हो ।खत्रीले काठमाडौँको न्युरो अस्पतालमा उपचार गराईरहनु भएको छ भने शिक्षण अस्पतालमा अप्रेसन गर्नुपर्ने डाक्टरको भनाई छ ।उपचारमा २ लाख रुपैया खर्च भईसकेको र थप ३ लाख रुपैया आवश्यक पर्ने भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको खत्रीले बताउनुभयो ।उपचारकालागि नगरपालिकाले १ लाख रुपैया सहयोग गरे पनि रकम अपुग भएको खत्रीको भनाई छ ।खत्रीको उपचारमा सहयोग गर्न चाहाने व्यक्तिले गरिमा विकास बैँक शाखा सुर्खेतमा लालबहादुर खत्रीको नाममा रहेको खातामा रकम जम्मा गरिदिन परिवारको आग्रह छ ।यस्तै सहयोगका लागि ९८६८००५३७२ मा फोन सम्पर्क गर्न सकिने छ ।

Share.

About Author

Leave A Reply