डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयाे , दुई जना घाइते

0

चैत १३- डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अरू दुई जना घाइते भएका छन् । छड बोकेको से १ त ८९०८ नम्बरको ट्क्याटर दुर्घटनामा परेर बझाङको देउलेख-४ का सुरेशबहादुर बोहराको ज्यान गएको हो।ट्क्याटर अमरगढी नगरपालिका–११ धनघाट–कोटेली सडकखण्डको धनघाट नजिकै दुर्घटनामा परेको हो। ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–२ का ओमबिक्रम अधिकारी र बझाङको देउलेख–५ बस्ने जयबहादुर ढाँटघाइते हुनुभएको छ ।ट्याक्टरमै रहेका एकजनाले भने पल्टिँदै गरेको ट्याक्टरबाट हाम फालेर ज्यान जोगाएको प्रहरीको भनार्इ छ ।

 

 

Share.

About Author

Leave A Reply