डाक्टर गोविन्द केसीले उठाएका मागको समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरू पनि आन्दोलित ।

0

साउन-२७ सुर्खेत । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै सुर्खेतका डाक्टरहरु पनि आन्दोलित भएका छन्।
केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डाक्टरहरुले दुईदिन देखि हातमा कालो पट्टी बाँधेर बिरामीको उपचार गरिरहेका छन्।
मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर डा. केसी अनशनको १७ औँ दिनसम्म पनि सरकारले माग पूरा नगरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।
उनीहरुले तत्काल डा. केसीले उठाएका जायज मागहरु पूरा गरी उहाँको जीवन रक्षा गर्नसमेत माग गरेका छन्।
डाक्टरहरुको आन्दोलनको अगुवाई गरेको नेपाल मेडिकल एशोसियसन शाखा सुर्खेतले डा. केसीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ।
एशोसियसनले विज्ञप्ती मार्फत सरकारले माग पूरा गर्नेतिर ध्यान नदिँदा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था विग्रदै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
डा. केसीको जीवन रक्षार्थ आवश्यक कदम नचालिए केन्द्रको निर्णय अनुसार सुर्खेतमा पनि स्वास्थ्य सेवा ठप्प पारी कडा कदम चाल्न बाध्य हुने उहाँले विज्ञप्ती मार्फत उल्लेख गरीएको छ।

Share.

About Author

Leave A Reply