डाक्टर पूर्णिमा राईलार्इ कारवाही गर्न सिफारिस।

0

साउन २७जाजरकोट।जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डाक्टर पूर्णिमा राईले साउन भरिको हाजिर गरेर जिल्ला छाडेको भन्दै कारवाही प्रक्रिया अघि बढाइएको छ।सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वको टोलीले अस्पतालमा गरेको छड्के अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ राईले गत १८ गते नै साउनभरिको हाजिर गरेको पार्इएको हो।उहाँलार्इ स्वास्थ्य सेवा ऐनअनुसार कारबाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय लगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो। उहाँले गत १८ गते जिल्ला छाडेपछि प्रसूति लगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ।दुई वर्षअघि नै १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको यो अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन।

Share.

About Author

Leave A Reply