डिपीएल क्रिकेटमा धनगढी दोस्रो स्थानमा उक्ल्यो महेन्द्रनगर र अत्तरियाले अंक बाँडे

0

चैत–२५कैलाली।धनगढी प्रिमियर लिग डिपीएल क्रिकेटमा अहिले साविक विजेता टिम चौराहा धनगढीले  रुपन्देही च्यालेन्जर्सलार्इ ३ रनले हराउँदै प्ले अफको संभावना बलियो बनाएको छ।८ ओभरमा झारिएको खेलमा ७७ रनको लक्ष्य पाएको रुपन्देहीले ५ विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो । टोलीकालागि सागर पुनले ३३ र  दिपक प्रसादले १६ रन बनाएपनि अरुले दोहोरो अंकमा रन बनाउन सकेनन ।यस्तै पहिला ब्याटिङ गरेको धनगढीले सोनु तामाङको ३४ र रोहन मुस्तफाले १५ रनसगै सात विकेट गुमाएर ७६ रन बनाएको हो ।रुपन्देहीका सुशान भारीले ३ र दिपेस श्रेष्ठले दुर्इ विकेट हात पार्नुभएको छ।जितसंगै घरेलु टोली धनगढीको ५ खेलबाट ६ अंक सहित दोस्रो स्थानमा उक्लेको छ भने पाँच वटै खेलमा हार भोगेको रुपन्देही अंक बिहिन हुँदै बाहिरिएको छ ।पहिलो खेल भने मैदान हिलो भएका कारण रद्द भएपछि  महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाले १–१ अंक बाँडेका छन ।महेन्द्रनगर  चार खेलमा बाट ५ अंक सहित दोस्रो स्थानमा छ भने ३ अंक हात पारेको अत्तरिया पाँचौं स्थानमा कायम छ ।अंक बाँड्नु पर्दा अत्तरियाको प्लेअफ पुग्ने संभावना कठिन भएको छ ।

Share.

About Author

Leave A Reply