डिप बोरींगकालागि सम्भावना अध्ययन गरियाे।

0

वैशाख -२३ सुर्खेत।वीरेन्द्रनगर नगरपालिकाभित्र डिप बोरींगकालागि सम्भावना अध्ययन गरेको विशेषज्ञ टोलीले प्रतिवेदन बुझाएको छ ।डिप बोरींगकालागि नगरपालिकाका १२ वटा वडामा गरिएको अध्ययन प्रतिवेदन, विशेषज्ञ टोलीले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।टोलीले गरेको अध्ययन प्रतिवेदनमा कुनै वडामा ८० मिटर गहिराईमै पानीको उपलब्धता हुने र कुनै वडामा १ सय २० मिटर गहिराईमा पानी भेटाउन सकिने उल्लेख छ ।विशेषज्ञ टोलीले विधुतिय तरंग एक्सरे विधि मार्फत भुबनोटको स्थीति लगायतको अध्ययन गरेर प्रतिवेदन तयार गरेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।डिप बोरींगकालागि वीरेन्द्रनगर नगरपालिकामा निवेदन बढ्न लागे पछि नगरपालिकाले विशेषज्ञ टोली खटाएर अध्ययन गरेको हो ।टोलीको प्रतिवेदनमै आधारित रहेर डिप बोरिंगकालागि आवश्यक कार्यविधि बनाउने प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।

 

Share.

About Author

Leave A Reply