डिभिजन वन कार्याल कार्यक्रम संचालनमै अलमल।

0

माघ-२४ सुर्खेत।पर्यटकिय कार्यक्रम संचालनका लागि स्थापना भएका डिभिजन वन कार्यालयलाई कार्यक्रम संचालनमै अलमल देखिएको छ ।वन सहित पर्यटकिय गतिविधी समेत संचालन गर्ने योजना सहित १० वटै जिल्लामा प्रदेश सरकारले स्थापना गरेका डिभिजन वन कार्यालय नै अलमलमा देखिएका हुन् ।पदमार्ग निर्माण देखि पर्यटकिय क्षेत्रको विकास सम्मका काम डिभिजन वन कार्यालय मार्फत नै गर्नु पर्ने भए पछि कर्मचारीमा अलमल देखिएको कर्णालीको उधोग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारले पहिलो वर्षलाई निति निर्माणको वर्ष बनाउने भने पनि मन्त्रालयका कार्यक्रम संचालनका लागि आवश्यक पर्ने ऐन निर्माण समेत कर्मचारी अभावमा ढिलाई भईरहेको सूचना अधिकारी रोकायको भनाई छ ।यता मन्त्रालयममा कानुन सचिव नहुँदा अहिले मुख्यमन्त्री कार्यालयका कानुन सचिवको सहयोगमा काम चलाउनुपर्ने बाध्यता रहेको मन्त्रालयका सूचना अधिकारी रोकायले जानकारी दिनुभयो । केहि दिन अघि सम्पन्न भएको अन्तर प्रदेश समन्वय परिषद्को बैठकमा फागुन सम्म संघिय सरकारले प्रदेश सरकार सँग बाझिने सबै ऐन बनाई सक्ने भनि गरेको निर्णय अनुसार कर्णाली प्रदेश सरकारले पनि पर्यटन ऐन निर्माण सुरु गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।सूचना अधिकारी रोकायले यस वर्षबाट केहि पर्यटकिय कार्यक्रमहरु उपभोक्ता समितिमार्फत संचालन भए पनि केहि योजनालाई ठेक्का मार्फत संचालन गर्नुपर्ने भएकाले त्यसको अन्तिम तयारी भईरहेको बताउनुभयो ।

Share.

About Author

Leave A Reply