डोल्पामा टेक्टर दुर्घटनामा घाइते भएका चार जनालाइ हेलिकप्टरद्धार उद्धार।।

0

जेठ ७ सुर्खेत, डोल्पाको जगदुल्ला गाउपालिकाको काइगाउँमा भएको टेक्टर दुर्घटनामा घाइते भएका चार जनालाइ माउण्टेन हेलिकपटरले उद्दार गरि सुर्खेत ल्याएको छ।

दुर्घटनामा घाइते भएका गगन लामा,शैलेस शाही, दिप बहादुर शाही र खगेन्द्र खत्रीलाइ  उद्दार गरी प्रदेश अस्पताल कालागाउमा भर्ना गरिएको माउण्टेन हेलिकप्टरका मनोज भारतीले जानकारी दिनुभयो।

उहाँले कोरोना भाइरसको महामारीको अवस्थामा माउण्टेन हेलिकप्टरले उद्दार र राहत कार्यकालागि सेवा संचालन गरिरहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यमा निरन्तर सहयोग  गर्ने प्रतिवद्धता जनाउनु भएको छ।

घाइते मध्य एक जनाको अवस्था गम्भिर भएकाले काठमाडौं पठाउने  तयारी भइरहेको बताइएको छ।

फोटोः मनोज भारती

 

Share.

About Author

Leave A Reply