तिजको मौंलिकता हराउदै। (अडियो सहित)

0

मधुवन बीसी ,हिन्दू नारीहरूको महान् पर्व तिज आउन केही दिन बाँकी छदा दिन होस् या रातमा चोकचोकमा दर खानेको ठुलै भिड देखिन्छ।

दर खाने निहुमा होटलमा हजारौ मुल्यको साडी सजिएका महिलाहरु महिनौ सम्म नाचगानमै व्यस्त छन।

बर्ष दिनमा एक पटक माइति संगभेट हुने गाउँका दिदी,बहिनी एक आपसमा भेटघाट गर्दै खुशी साट्ने पर्व हो।

तर पछिल्लो समय तीजको मैलिकपन हराउँदै गएको छ भने हुने खानेको मात्र पेवा जस्तो बन्न थालेको छ।

महिन्दु नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा महिलाले दर खाने कार्यक्रम राखिरहेका छन्।

विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गित कार्यक्रममा सुमह बनाएर मनाउने चलन बढेको छ।

यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ।

परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष मनाउने शैली फेरिएकामा वीरेन्द्रनगरका देविसरा चालिसे चिन्ता व्यक्त गर्नुहुन्छ।

शिवपार्वतीको सम्बन्ध जोडिएको यस पर्वमा अविवाहिता महिलाले सुयोग्य पति पाउन र विवाहिताले सौभाग्यको कामना गर्दै व्रत बसी पूजाराधना गर्ने चलन छ।

पहिला पहिला महिलाहरु वर्षभरिको पिरमर्का र आफूले भोग्नुपरेका समस्या गीतमार्फत पोख्थे, अहिले भने रमाइलोका लागि तिज मनाउँन थालेका छन।

पछिल्ला वर्ष तीज पर्वलाई भड्किलो रुपमा मनाउने चलन शुरु भएको वीरेन्द्रनगर–६ का बालकुमारी गीरी कालिका रेग्मी बताउनुहुन्छ।

तीज आउन केही दिन मात्र बाँकी हुँदा माइत जाने, तीजको व्रत बस्ने, गाउँघरका सङ्गिनीहरु एकै ठाउँ जम्मा भई पूजाआजा र नाचगान गर्ने चलन थियो।

अहिले त तीज आउन एक महिना अगाडि नै घर तथा होटल र रेष्टुराँमा दर खाने, नाचगान गर्ने, कपडा–गहना प्रदर्शन गर्ने दृश्य टेलिभिजन, सामाजिक सञ्जालमा

तीज पर्वलाई हिजो आज फरक ढङ्गले मनाउने गरेको देख्दा कतै हाम्रो संस्कृति लोप हुने होइन त भन्ने शङ्का लाग्न थालेको बताउनुहुन्छ देख्दा चिन्ता लाग्ने गरेको बताउनु हुन्छ बरिष्ट कालाकार प्रेदेव गिरी।

त्यसैले तिजलाई देखासिकीको पर्वको रुपमा मनाउने प्रचलन नभर्इ यसलाई आफ्नो गच्छेअनुसार हाँसीखुशी रमाइलो गरेर सहज तरीकाबाट मनाउनुपर्छ।

 

 

Share.

About Author

Leave A Reply