तिजको मौंलिकता हराएको प्रति अग्ररहरुको चिन्ता।(भिडियो सहित)

0

मधुवन बीसी सुर्खेत,विगतको बर्ष झै यस बर्षपनि हरितालीका तीजको नेपाली महिलाहरुले भगवान शिवको पूजा आरधना गरि मनाएका छन।

तिजलार्इ हिन्दुका साथै बौद्द, शिख लगाएतका धर्म मान्नेहरुसमेत मनाउने भएकाले यसलार्इ धार्मिक एकताको सन्देस दिने पर्वका रुपमा पनि लिर्इन्छ।

तिजको अवसरमा हिजो सुर्खेतको बीरेन्द्रनगर ९ लाटिकोर्इलीमा रहेको प्रसिद्द शिव मन्दिर, कालुङचोक, इत्राम लगाएतका शिवालयमा पनि पूजा अर्चना गर्नेहरुको घुर्इचो लागेको थियो।

तिजमा विवाहित महिलाहरु शिवको पूजा-आराधना गर्दै आफ्ना पतिको सुस्वास्थ्यको कामना गर्छन भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पाउने  कामनाका साथ ब्रत बस्ने धार्मिक मान्यता छ।

यस्तै तिजको अवसरमा यसपाली पनि सुर्खेतको बागीना समूह सुर्खेतले वीरेन्द्रनगरको खुलामन्चमा तिज सदभाव मेलाको आयोजना गरेको छ।

खुल्लामन्ञमा वीरेन्द्रनगर नगरका विभिन्नठाँउबाट दिदीबहीनीहरु जम्मा भएर समुह सुमहबनाएर नाच गान गरेका छन।

यसै बीच तिज सद्भाव मेलामा सहभागीहरुले पछिल्ला समय तीज तडकभडक भएको भन्दै चिन्ता व्यक्त गरेका छन।

उनिहरुले तिजमा गितमात्र नभएर मनाउने शैली नै परिवर्तन भएर महिना दिन अगाडी देखि नै तिज मनाउने चलन फष्टाएकोमा चिन्ता जनाएका छन।

बागीना समुहले आयोजना गरेको सद्भभाव मेलामा सुर्खेतका बरिष्ठ कलाकाहरु प्रेमदेव गरी,गंगाकेसी,कुलमान नेपाली,ज्ञानबहादुर नेपालीको सहभागीता रहेको थियो।

कार्यक्रममा गायिका टिकापुने गीतमार्फत तिजका बेदनाहरु सुर्खेती दीबहीनीहरु संग संगै साट्नु भयो।

 

 

Share.

About Author

Leave A Reply