तिला गाउँपालिकामा ७ करोड ८७ लाख ४७ हजार बेरुजु।

0

वैशाख -२४ सुर्खेत।महालेखापरिक्षकको ५६ औं वार्षिक प्रतिवेदनका अनुसार जुम्लाको तिला गाउँपालिकामा ७ करोड ८७ लाख ४७ हजार रुपैया रकम बेरुजु निस्किएको छ।जुम्लाका एक नगरपालिका र ७ वटा गाउँपालिकामा मध्ये तिला गाउँपालिकामा सबैभन्दा बढि बेरुजु देखिएको हो।स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि सपथ ग्रहणका बेला गाउँपालिकालाई बेरुजु मुक्त गाउँपालिका बनाउने संकल्प जनप्रतिनिधिले गरेका थिए।उनीहरुका अनुसार जेठ महिनाभित्र काम सकेर असारभित्र फरफारक गरिसक्ने लक्ष राखिएको थियो।यस्तै चन्दननाथ नगरपालिकामा ३ करोड ५२ लाख ६५ हजारतातोपानी गाउँपालिकामा २ करोड १३ लाख ४८ हजारहिमा गाउँपालिकामा १ करोड ६५ लाख ७९ हजार रुपैयाँ बेरुजु निस्केको प्रतिबेदनमा उल्लेख गरिएको छ।यसैगरी सिंजा गाउँपालिकामा १ करोड ५१ लाख ६४ हजार रुपैयाँगुठिचौर गाउँपालिका ७५ लाख ८६ हजार रुपैयाँ,पातारासी गाउँपालिका ६० लाख ५५ हजार रुपैयाँ र सबैभन्दा कम कनकासुन्दरी गाउँपालिका ४१ लाख ६८ हजार रुपैयाँ बेरुजु निस्केको महालेखापरिक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ।

Share.

About Author

Leave A Reply