तीन दिनसम्म सञ्चालन हुने पत्रकारीता प्रशिक्षण कार्यक्रम बीरेन्द्र नगरमा सुरू।

0

९ पुष सुर्र्खेत । विकासका लागि यहाँका सम्भावनाहरुको उजागर गर्नका लागि संचार माध्यमको महत्वपूर्ण जिम्मेवारी हुने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।राष्टिय समाचार समिति राससले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय पत्रकारीता प्रशिक्षणका सहभागीहरुले सम्भावनाले भरिएको कर्णाली प्रदेशलाई विकास र समृद्धि तर्फ लैजान संचार माध्यमले सरकारलाई बाटो देखाउने काम गर्नुपर्नेमा जोड दिएका हुन् ।कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको समृद्धिका लागि पत्रकारले रचनात्मक रूपले समाचार लेख्नुपर्ने बताउनुभयो ।राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई संघिय संरचाना अनुसार सातै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गर्ने तयारी रहेको बताउनुभयो ।राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई समय सँगै थप प्रभावकारी बनाउने बताउनुभयो ।कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव तोयानारायण सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कर्णालीका निमित्त सचिव कलानिधि पौडेलले कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गर्ने, पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने तयारी रहेकाले पत्रकारको हितका लागि प्रदेश सरकार प्रंतिवद्ध रहेको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा नियमित र खोजी रिपोटिंग, समाचार सम्पादन र आलेख लेखन र स्रोत तथा संसदीय रिपोटिंग र प्रदेश सञ्चार नीति तथा सूचनाको हक सम्बन्धी जानकारी गराईने आयोजकले जनाएको छ ।

Share.

About Author

Leave A Reply