तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सामान्य प्रशासन मन्त्री पन्डितको चेतावनी

0

चैत–६।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिनुभएको छ।मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको समेत बताउनु भयो।कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा समेत खोस्ने चेतावनी दिनुभयो।निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने उहाँको भनाइ छ।उहाँले कर्मचारी संगठनहरुको दवावमा कुनैपनि गतिविधि आफूले नगर्ने दृढता व्यक्त गर्दै नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव लिने बताउनु भयो।कसैको दवावमा सुरुवा, बढुवा गर्ने काम हुनै नसक्ने भन्दै मन्त्री पण्डितले निजामति कर्मचारीलाई लामो विदामा बस्ने छुट समेत नभएको उल्लेख गर्नुएको छ ।

Share.

About Author

Leave A Reply