दलित मैत्री निति बनाउनुपर्नेमा जोड ।

0

साउन –३० सुर्खेत।दलित समुदायको हितमा बनेका नियम कानुनको कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।कर्णाली प्रदेशको कुल जसंख्याको एक चौथाई जनसंख्याको हिस्सा ओगटेको दलित समुदायको हक अधिकारका लागि बन्ने सबै ऐनको कार्यान्वयन हुन सकेमात्र दलित समुदायको उत्थान हुने उनीहरुको जोड छ।उनीहरुले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलित समुदायका सांसदहरु समक्ष दलित अधिकारका लागि नितिमै स्पष्ट व्यवस्था आग्रह गरेका हुन।समता फाउण्डेसनले आयोजना गरेको संविधानको प्रभावकारी कार्यान्वयन र दलित विषयक अन्तरक्रियामा कानुन विज्ञ प्रकाश नेपालीले कर्णालीमा बन्न लागेको दलित शशक्तिकरण ऐन २०७६ मा समावेश भएका विषय प्रस्तुत गर्नुभएको छ।विज्ञ नेपालीले विधेयकमा दलित समुदायलाई जनसंख्याका आधारमा राज्यका सबै निकायमा समान सहभागितामा जोड दिने उल्लेख गरिएको बतानउभुयो।शिक्षामा दलित समुदायलाई विशेष जोड दिनुपर्ने, भुमिहिन दलित समुदायलाई भुमि उपलब्ध गराउने विषयमा विधेयकमा जोड दिईएको उहाको भनाई छ।यसैबिच कर्णाली प्रदेश सभा सदस्य राजु नेपालीले कर्णालीमा बन्ने सबै निति दलित मैत्री बन्ने प्रतिवद्धता जनाउनुभएको छ।यस्तै अर्का प्रदेश सभा सदस्य दानसिंह परियारले दलित समुदायको अधिकारको लागि पहल गर्ने बताउनुभयो।

Share.

About Author

Leave A Reply