देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणाः

0

साउन ३ सुर्खेत ,नेपाल चिकित्सक संघ सुर्खेत शाखाको आह्वानमा चिकित्सकहरुले कर्णाली प्रदेशका १० वटै जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाहरुमा आज आकष्मिक बाहेकका सेवा वन्द गरेका छन।

चिकित्सकहरुले सेवा बन्द गर्दा बिरामी भने मर्कामा परेका छन ।

नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डाक्टर नवराज केसीले वार्ताबाट निकास ननिस्कदासम्म आन्दोलन जारी रहने बताउनु भयो ।

जुम्लामा अनसनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन।

डा. केसीको जीवन रक्षाको माग गर्दै संघले आन्दोलनबाट हुने असुबिधाको जिम्मा सरकारले नै लिनुपर्ने दाबी गरेको छ।

डाः केसीले कर्णाली प्रदेशमा तत्काल एउटा कर्णाली मेडिकल खोल्नुपर्ने ,माथेमा आयोग प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने ,मेडिकल माफियाहरूलाइ तत्काल सजाएको प्रकृयामा लैजानु पर्ने लगाएतका माग गर्दै असार १६ गतेदेखि अनसनमा थाल्नु भएको हो।

 

 

Share.

About Author

Leave A Reply