दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा मारमा परेको उपभाेक्ताकाे गुनासाे ।

0

असोज२०सुर्खेत।मुख्य चाड पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको मनपरी रुपमा बढ्दा आफूहरु मारमा परेको बीरेन्द्रनगरका उपभोक्ताले गुनासो गरेका छन ।रेडियो भेरीले गरेको बहस कार्यक्रम निचोडमा बीरेन्द्रनगर ७ का लालमति पन्तले केहिदिन अघिसम्म ९० रुपैयाँमा पाइने एक पोका धारा तेल १३० रुपैयाँ भनेपछि किन्नै छाडेको बताउनु भयो ।तेल मात्र होइन, आयो नुन, चिनी चामलको मूल्यपनि त्यस्तै बढेको छ भने खसीको मासु पनि बीरेन्द्रनगर बजारमा एक सय बढेर एक किलोको सात सय रुपैयाँ भएको छ।दैनिक उपभोग्य बस्तुमाथि अचाक्ली मूल्य बृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् भने  अनुगमन गर्ने निकाय मौन रहेको उपभोक्ताको भनार्इ छ।उपभोक्ता अधिकार मंच सुर्खेतका अध्यक्ष आकाशतारा बयकले यसबर्ष अत्यधिक मूल्य बृद्धि हुँदापनि सरोकारवाला पक्षहरुबाट अनुगमन हुन नसकेको बताउनु  भयो।अनुगमन नहुँदा व्यापारीहरुले मनलाग्दी मूल्य बढाएको, एउटै सामानको मूल्य पसलैपिच्छे फरक हुनु, मूल्यसूची नटाँसिएको पाइएको अध्यक्ष बयकको भनार्इ छ ।खाद्य तथा गुण प्रविधि कार्यालयका सुर्खेतका खाद्य निरीक्षक भेषबहादुर थापाले पनि पर्याप्त साधन र स्रोत नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभएको छ । यता व्यापारीहरुले भने सरकारले उपभोग्य बस्तुमाथि सरकारले दिदैं आएको अनुदान हटाएको, कर तथा अन्तशुल्क लगाएकोले आफूहरुले बढी मूल्यमा खरिद गर्दा उपभोक्तालाई पनि बढेकै मूल्यमा विक्री गर्नुपरेको दावी गरेका छन्। सुर्खेत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बासुदेव शर्माले बीरेन्द्रनगरमा उपभोग्य बस्तुमाथि ५ प्रतिशतभन्दा बढी मूल्य बृद्धि नभएको ठोकुवा गर्नुभयो।कानुन व्यवसायी रमा प्याकुरेल मूल्य बृद्धिको निहुँमा नागरिकको ज्यूज्यानमाथि अखाद्य बस्तु विक्री वितरण गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँनु भएको छ।

Share.

About Author

Leave A Reply