असोज ९, दैलेखको नारायण नगरपालिकाले आधारभुत स्वास्थ्य चौकी निर्माणका लागि हतारहतारमा जग्गापास विनै ठेक्का प्रकृया अघि बढाएर, निर्माण चरणमा पुगेको छ।
आधारभुत स्वास्थ्य चौकी निर्माणका लागि नारायण नगरपालिका –६ विजौरामा जग्गा स्वास्थ्य चौकीको नाममा पास नभई ठेक्का मार्फत घर ढलान भएको हो।
नियम कानुनको अधिनमा रहेर ठेक्का प्रकृया हुनुपर्नेमा स्वास्थ्य चौकीको नाममा जग्गा नआउँदै हतारहतारमा निर्माण चरण हुनुले नगर प्रमुखदेखी कर्मचारीको कार्यशैलीमा प्रश्न खडा भएको छ।
जग्गा तुलसा थापाको नाममा छ भने उहाँले ५ लाख रुपैँया ऋणकालागी कृषि विकास बैंकमा धरौटी राख्रनुभएको छ।
तुलसाको नाममा जग्गा आएपछि अनि आधारमुत स्वास्थ्य सेवा केन्द्रको नाममा दान हुनेछ। तर, हतारमा सवै प्रकृया मिचेर टेण्डर मार्फत भवन निर्माण थालिएको हो।
अहिले पुष समान्तमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ।
नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले जग्गा पास नहुँदै जवरजस्ती ठेक्का प्रकृयामा लग्न दवाव दिएको स्थानियको भनार्इ छ।
जग्गा स्वास्थ्य चौकीको नाममा नआई ठेक्का प्रकृया नै हुन नसक्ने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले बताउनुभयो।